दफा २०
पुनरावेदन समिति

२०.१ दफा १० वा १८ बमोजिम समितिले दिएको आदेश उपर पुनरावेदन सुन्न नेपाल सरकारले आवश्यकतानुसार पुनरावेदन समितिहरु गठन गर्न सक्नेछ ।
२०.२ पुनरावेदन समितिमा नेपाल सरकारले तोकेका देहायका सदस्यहरु रहनेछन् ।
२०.२.१ उच्च अदालतको न्यायाधीश वा
उच्च अदालतको न्यायाधीश हुन
योग्यता पुगको कुनै व्यक्ति – अध्यक्ष
२०.२.२ सम्बन्धित विषयको विशेषज्ञ – सदस्य
२०.२.३ एकजना प्रतिष्ठित व्यक्ति – सदस्य
२०.३ पुनरावेदन समितिलाई बयान गराउने, साक्षी प्रमाण बुझ्ने, साक्षी उपस्थित गराउने, लिखतहरु पेश गर्न लगाउने सम्बन्धमा अदालतलाई भए सरहको अधिकार हुनेछ ।
२०.४ पुनरावेदन समितिको कार्य सञ्चालन सम्बन्धी कार्यविधि पुनरावेदन समिति आफैले निर्धारण गर्नेछ ।
२०.५ पुनरावेदन समितिका सदस्यहरुको पदावधि, सेवाको शर्त वा सुविधा सम्बन्धी व्यवस्था नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।